चोरी डकैतीको फिल्मी शैली रुपन्देहीको सदरमुकाम भैरहवामा भएको छ । सुनचांदी पसलमा चोरहरुले गाडि नै लिएर सुनका गरगहना भएको सेफ नै लगेका छन् ।
भैरहवाको बैंकरोडमा रहेको ए.आर.सुनचाँदी पसलमा गहना राखिएको सेफ नै चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयबाट २ सय मिटर नजिक र आर्मी क्याम्पबाट ५० मिटरको दुरीमा रहेको उक्त पसलमा सटर फोरेर चोरी भएको छ । जहां एक सय ८० किलो तौल भएको सोफा नै चोरी भएको छ । सुन राख्ने सोफा नै उठाएर गाडिमा हालेर चोरहरुले लगेपछि स्थानिय पनि आश्चार्य चकित परेका छन् ।
पसल संचालक दीपक बिकले सेफ नै चोरी भएकाले चोरहरु गाडीमा आएकोे हुन सक्ने बताए । पिडितका अनुशार १५ लाख बराबरको सुनका गरगहना चोरी भएको छ । चोरहरुले सेफ सहित १६ तोला सुन, १२ तोला चांदी र केही नगद लगेको पसल संचालकले प्रहरीमा जानकारी गराएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक धर्म भण्डारीले बताए ।
त्यति ठुलो समान सहित गहना चोरभिएपछि व्यवसायीहरुले चोरीमा धेरैको सम्लग्नताको आशंका गरेका छन् । केही सयम अघि सोहि स्थानमा रहेको वि.के ज्वेलर्समा पनि चोरी भएको थियो । चोरीको श्रृंखला भैरहेपनि अहिलेसम्म कोहि पनि पक्राउ नपरेपछि व्यवसायीहरु आंतकित भएका छन् ।
व्यवसायीहरुले सुरक्षाको माग गर्दै एक दिन पसल नै बन्द गरेर शान्ति सुरक्षाको माग गरेका छन् । उनिहरुले भैरहवामा चोरीमा संलग्नलाई पत्ता लगाई कारवाही गर्नुपर्ने भन्दै विरोध र्याली समेत निकालेको सुनचांदी व्यवसायी सघका अध्यक्ष एमवि विश्वकर्माले बताए ।