अविरल वर्षाले काठमाडौं भएर बग्ने बागमती, विष्णुमति र धोबी खोलाको बहाव बढेको छ । पानीको बहाव बढेसँगै नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
नदी आसपासका क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन आह्वान गरिएको छ । पानी पर्न नरोकिए काठमाडौँमा बागमतीको पानी बस्तीमा पस्न सक्ने उच्च खतरा देखिएको छ ।
- अविरल वर्षाकै कारण मुलुककै एकमात्र ठूलो प्रशासनिक भवन सिंहदरबारको पूर्वी गेटतर्फको पर्खाल भत्किएको छ ।
पर्खाल भत्किँदा केहीबेर सवारी अवागमन अवरुद्ध भएको थियो । सेना र प्रहरी मिलेर भत्किएको संरचना पन्छाएपछि अहिले सवारीसाधन निर्वाध आउजाउ भइरहेका छन् ।