कपिलबस्तुमा आजदेखि राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिएको छ। जिल्ला समन्वय समितिका सभापति नारायण खनालले पहिलो परिचय पत्रको काम आफैबाट सुरु गरेका हुन्।
सो अवसरमा बोल्दै सभापति नाराणयण खनालले आधुनिक, वैज्ञानिक र भरपर्दो सूचना प्रणालीबाट मात्रै मुलुकको विकास हुने बताए। जनताले विकास, सुशासन, समृद्धि र स्थायित्व चाहेकाले जनचाहना पूरा गर्न पनि राष्ट्रिय परिचयपत्रको ठूलो महत्व हुने उनको भनाई थियो।
परिचयपत्र दिने कार्य निरन्तर रुपमा जिल्ला प्रशासनबाट शुरु भएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जानकारी गराए। केही दिनमा गाँउ गाँउ पुुगेर परिचयपत्र वितरण गर्ने प्रजिअ श्रेष्ठले बताए।
पहिलो चरणमा पाँचथरवाट सुरु भएको यो कार्यक्रमको दोस्रो चरणमा कपिलबस्तु, गुल्मी, स्याङजा, सल्यान, जुम्ला, कञ्चनपुर, झापा, संखुवासभा, महोत्तरी, सप्तरी, ललितपुर, रसुवा, चीतवन, तनहुँ र अछाम गरी १५ जिल्लामा वितरण शुरु भएको सहायक प्रजिअ रामेश्वर अर्यालले बताए।
राष्ट्रिय परिचयपत्रमा व्यक्तिको सम्पूर्ण विवरण, भूमि, शिक्षा, सरकारी सेवा लगायत सबै सेवाको अभिलेख समावेश छ।