मनसुन सक्रिय भएपछि देशभर लगातार वर्षा भइरहेको छ। वुधबार रातिदेखि शुरु भएको वर्षा आइतबारसम्म हुने जलतथा मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ। वर्षाका कारण देशभरको जनजीवन प्रभावित पनि बनेको छ।
लगातारको वर्षाले मानिसहरु घर बाहिर निस्कन अप्ठेरो परेको छ भने पहाडमा पहिरो र तराईमा डुवानको जोखिम बढाएको छ। ठाउँ ठाउँका राजमार्गहरु अवरुद्ध भएका छन्। यातायातका साधानहरु चल्न नसक्दा केही यात्रुहरु विभिन्न ठाउँमा अलपत्र परेको स्थानीय प्रशासनले जनाएका छन्।
गएको २४ घण्टामा सबैभन्दा धेरै वर्षा सिमरामा भएको छ। त्यहाँ २०६ मिलिमिटर पानी परेको छ। यस्तै पोखरामा सबैभन्दा कम ०.५ मिमी पानी परेको मौसम पूर्वानुमान महाशाखाको रेकर्डमा जनाइएको छ।
यसैगरी विराटनगरमा १७२ मीमी पानी पर्दा ओखल ढुंगामा १०७ र धनकुटामा १०३ मीमी पानी परेको छ। काठमाडौं उपत्यकामा गएको २४ घण्टामा ५१ मिलिमिटर पानी परेको छ। कहाँ कति पानी पर्यो त?
अबकाे तीन दिन देशकाे माैसम कस्ताे हाेला त?
मौसम विश्लेषण (Meteorological Analysis):
हाल मनसुन न्यून चापिय रेखा (Monsoon Trough) नेपालको तराईको भू- भागमा अवस्थित छ। यसको साथै मध्य र पूर्वी भू-भागमा न्यून चापिय क्षेत्र (Low Pressure Area ) समेत रहेको छ जसका कारण आगामि २-३ दिन सम्म मनसुन अति सक्रिय( Very Active) भैरहने सम्भावना छ।
देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशभर लगातारको मनसुनि वर्षा (Continuous Monsoon Rainfall) भै रहेको अवस्था छ।
आगामि तीन दिनको मौसम पूर्वानुमान (Three days weather forecast):
असार २७ गते (शुक्रबार)
दिउसो: देशभर अधिकांश वदलि रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा( Heavy rainfall)हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ।देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
राति: देशभर अधिकांश वदलि रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा(Heavy rainfall)हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुनेछ।देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
असार २८ गते (शनिबार)
दिउसो: देशभर व्यापकक्षेत्र (Widespread)मा वर्षा जारि रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा ( Heavy rainfall)हुने छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall)समेत हुनेछ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
राति: देशभर व्यापकक्षेत्र (Widespread)मा वर्षा जारि रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा(Heavy rainfall)हुने छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall)समेत हुनेछ।देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
असार २९ गते (आईतबार)
दिउसो: देशभर व्यापकक्षेत्र (Widespread)मा वर्षा जारि रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall)समेत हुनेछ।
राति: देशभर व्यापकक्षेत्र (Widespread)मा वर्षा जारि रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा ( Heavy rainfall) हुने छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall)समेत हुनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):
देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा ( Heavy rainfall) हुने र पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारि वर्षा ( Extremely Heavy rainfall) समेत हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडि भू-भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने भएको उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ। साथै, देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउने सक्ने भएकोले उच्च सतर्क रहनुपर्ने देखिन्छ।