गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी बेल्जियमकी उपाध्यक्ष अनुजा प्रधानले एनआरएनए एनसीसी बेल्जियमको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन्।
एनआरएनए बेल्जियमको महासचिवमा रहेर सफलपूूर्बक काम गरेकी अनुजा सन् २०१७–२०१९ सम्म उपाध्यक्षको जिम्मेवारी निर्बाह गर्दै आएकी छन्।
एनआरएनए तथा महिला उत्थानको क्षेत्रमा नेतृत्वदायी भूमिका निभाएकी अनुजा व्यबसायी तथा सामाजिक अभियान्ता पनि हुन्।
उम्मेदवारी घोषणा कार्यक्रममा अनुजाले महिलाहरुलाई आरक्षणमुखी बनाउने पुरानो सोचाई बदलेर नेतृत्व गर्न सक्छन् भन्ने देखाउनका लागि पनि आफूले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेको बताइन्। उनले आफ्नो यो अभियानमा नारी, पुरुष दुुबैलाई सहयोगका लागि आग्रह गरेकी छन्।
‘हामी महिलाहरु कतिन्जेल सहायक भूमिकामा बस्ने’ उनले भनिन्‘ आदरणीय दिदी र दाजुहरुको पसिनाले हुर्केको एनआरएनए बेल्जियममा हामीले नेतृत्व गर्न किन नसक्ने?’ महिलाहरु बेल्जियमको नेपाली समाजको आधा हिस्सा भएको भन्दै अध्यक्षकी उम्मेद्वार अनुजाले महिलाहरु राजनीतिक रुपले विभाजित नभई एकढिक्का भएर अघि बढेमा नेतृत्वमा पुग्न कसैले रोक्न नसक्ने बताइन्। उनले अन्तर्राष्ट्रिय सचिब पद कसैले उपहार दिएर महिलाले नपाएको उल्लेख गर्दै डलेर लिएको स्मरण गराइन्।
अनुजाले भनिन्‘ मेरो सम्पूर्ण आमा, सानिमा, दिदी बहिनी र अग्रजहरुलाई अनुरोध छ अब नारी हिम्मतलाई मर्न नदिऊँ।’