जिल्ला प्रहरी कार्यालय सुर्खेतले रेड युथफोर्सका अध्यक्ष शिखर पहाडीलाई पक्राउ गरेको छ । चौकुने गाउँपालिका ९ सुर्खेतका पहाडी विप्लव समूहनिकट भ्रातृ संगठन रेड युथफोर्सका अध्यक्ष हुन् ।
उनलाई बुधबार राति वीरेन्द्रनगर नगरपालिका ११, पिपिरा चोकबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षत्रीले जानकारी दिए । विशेष सूचनाका अधारमा सुर्खेत पिपिरा नजिकैको क्षेत्रमा शंकास्पद उनलाई प्रहरीले जाँच सुरु गर्ने क्रममा प्रहरीसँग भनाभन भएको थियो ।
विवादका क्रममा उनलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गर्दा विप्लवका कार्यकर्ता ठहर भएको क्षत्रीले बताए । उनी युवा संगठन भेरी-कर्णाली ब्युरोको सदस्यसमेत भएको जनाइएको छ ।