प्रहरीले महोत्तरीमा ५४ सय लिटर मदिरा नष्ट गरेको छ ।
औरही नगरपालिका–१ स्थित बाँसको झ्याङ भित्र भजु महराको बारीमा रहेको भट्टीबाट अबैध घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको हो ।
अबैध घरेलु मदिरा उत्पादन भइरहेको भन्ने गोप्य सुचना प्राप्त हुनसाथ ईलाका प्रहरी गौशालाबाट खटिएको टोलीले १३ वटा टिनको ड्रममा रहेको अन्दाजी २२ सय लिटर मदिरा र १६ वटा टिनको ड्रममा रहेको करिब ३२ सय लिटर घरेलु मदिरा उत्पादनको लागी राखिएको कच्च पदार्थ नष्ट गरेको हो ।
भट्टीबाट प्रहरीले २ वटा भट्टी चुलो, ग्यास सिलिन्डर, जोख्ने ईलेक्ट्रिक मेसिन समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भट्टी संचालक को हो भनि खुल्न नआएको र आबश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले बताए ।