पूर्व युवराज पारस शाहकी छोरी पूर्णिका शाहको भावुक कविता स्टाटसपछि उनकी आमा एवं पूर्व युवराज्ञी हिमानी शाहको स्टाटसको चर्चा चलेको छ। उनले मंगलबार आफ्नो आधिकारिक फेसबुक पेजमा अध्यात्म र जीवनलाई जोडेर स्टाटस लेखेकी छन्।
जसमा भनेकी छन्–
जाऊ आर्यघाटमा गई नियालेर हेर
रुदैनन् कहिले जल्नेहरू
रुन्छन् त केवल जलाउनेहरू
यहाहरुको पल शुभ रहोस्
धन्यवाद
उनको यो स्टाटसमा साढे २ हजार लाइक र १७६ कमेन्ट आएका छन्। जसमा अधिकांशले उनको भावना र मुस्कानको प्रशंसा गरेका छन् भने केहीले ‘राजगद्दीमा सुहाउने अनुहार’ भनेका छन्।