मध्य असार बितिसक्दा समेत वर्षा नभएपछि वर्षा हुन्छभन्ने जनविश्वासका साथ पूर्वी मोरङका किसानले आज भ्यागुताको विवाह गरेका छन् ।
मोरङ रंगेलीका किसानहरुले चिसांग खोलाको किनारमा रहेको सानशारी माईस्थानमा विधिवत रुपमा भाले भ्यागुता र पोथी भ्यागुताको विवाह गरेका हुन ।वैवाहिक कार्यक्रम वनाएर वेहुला र वेहुलीपंक्ष सहित वैवाहिक कार्यक्रम अनुसार किसानहरुले विवाह सम्पन्न गरेका थिए ।
मन्दिरका पुजारीले वैद्धिक मन्त्र पढेपछि भाले भ्यागुताको तर्फवाट पोथी भ्यागुतालाई चुरा पोते तथा श्रंगारका सामान लगाएर वेहुलिझै सिंगारिएको थियो । भ्यागुताको विवाहागर्दा वर्षा हुने जन विश्वास रहिआएकाले किसानहरु सामुहिक रुपमा भेलाभई विवाह सम्पन्न गरेका हुन् ।
रंगेली नगरपालिकाका वर्डा न ७ का वडा अध्यक्ष रामचन्द्र मण्डल र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष संजिव श्रेष्ठलेले वेहुला र वेहुलीपंक्षको भूमिका निर्वाह गर्नु भएको थियो । वर्र्डा अध्यक्ष मण्डलले कृषि प्रधानमुलुुकमा यसरी पानी नपरेका कारण किसान निराश भएकाले केही उपाय लगाएर वर्षा गराउन सकिन्छ भनेर भ्यागुुतोको विवाह गरेको बताए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले वर्षा गराउन विगतमा पनि इनारको विवाह, भ्यागुताेको विवाह गर्ने चलन रहेकाले पनि आफूहरुले यस्तो वैवाहिक कार्यक्रम राखेको प्रष्ट पारे ।
कार्यक्रममा रंगेली , सुनवर्सी नगरपालिका तथा धनपालथान गाउपालिकाका किसानका सहभागिता थियो । समयमा वर्षा नभएका कारण मोरङमा अहिले सम्म १५ देखी २० प्रतिशतमात्र धान रोपाई भएको छ । अघिल्लोवर्ष मोरङमा यो अवधिमा ४० प्रतिशतभन्दा वढि रोपाई भएको थियो । निरन्तर वर्षा हुने असार महिनामा वर्षा नभएपछि वर्षाहुने आशमा भ्यागुताको विवाह गरेको रगेलीका किसान इश्वर पोखरेलले बताए।