प्रहरीले संखुवासभाबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला नेता निमा दोर्जी तामाङलाई हतियार सहित पक्राउ गरेको छ ।
दोर्जीसँग एक नाल एसएलआर, म्यागजिन, एउटा एलएमजी म्यागजिन, ७.६२ एमएमको ११० वटा गोली, ३ मिटर तार र १३ राउन्ड खाली खोका पनि बरामद गरेको प्रहरीले जनाएको छ ।