जनकपुरको धनुषसागर पोखरीमा एक जनाको शव फेला परेको छ । आइतवार पोखरीमा नुहाउन पुगेका पहिचान खुल्न नसकेका युवकको शव फेला परेको प्रहरीले जनाएको छ । नुहाउन पोखरीमा पुगेका ती युवक घण्टौंसम्म बाहिर ननिस्केएपछि प्रत्यक्षदर्शीहरुले प्रहरीलाई खबर गरेको थियो ।
जानकारी पाए लगत्तै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोलीले करिब आधा घण्टापछि सो व्यक्तिको शव बाहिर निकालेका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यता पोष्टमार्टमका लागि शव जनकपुर अञ्चल अस्पतालमा पठाइएको छ ।