पूर्वपश्चिम राजमार्गको बुटवल देवदह खण्डको भलुही जंगलमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार मध्यरातमा पूर्वबाट पश्चिमतर्फ आइरहेको लु.३७प ६६५ नम्बरको मोटरसाइकलले स्थानीय अन्दाजी ५५ वर्षीय भूमीश्वर पराजुलीलाई ठक्कर दिएको हो ।
ठक्करवाट सख्त घाइते पराजुलीको उपचारका क्रममा बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । मोटरसाइकल चालक देवदहकै मिलन मल्ल पनि घाइते भएका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
मल्लले मादक पदार्थ सेवन गरेको पुष्टि भएको ट्राफिक प्रहरी कार्यालय जनाएको छ । प्रहरीका अनुसार चालक र मोटरसाइकललाई नियन्त्रणमै राखिएको छ ।