नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिती सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी नेकपाको
कार्यनिती जनताको जनवाद नै भएको बताएका छन् ।
नेकपा भित्र अहिले पार्टिको मार्गदर्शक सिद्धान्त के हुने भन्ने विषयमा वहस भैरहेका वेला उनले यसमा विवादको आवश्यकता नरहेको बताए । मदन भण्डारीको जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले बुटवलमा आयोजना गरेको अन्तरक्रीया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले महाधिवेशनबाट जनताको बहुदलिय जनबादको निती पारित गर्ने ढोका खुल्ला रहेपनि तत्त्कालका लागि पार्टीको कार्यनिती जनताको जनबाद नै भएको बताए ।
बिश्व कम्युनिष्ट आन्दोलनको नबिन प्रयोगका रुपमा आएको जनताको बहुदलिय जनबादको औचित्य अहिले पनि उत्तीकै महत्वपूर्ण रहेको उनको भनाई छ । उनले गणतन्त्र स्थापना, समावेशी समानुपातीक प्रतिनिधीत्वको ब्यवस्था तथा संघीय संरचना निर्माणमा जनतको जनबादको पनि ठूलो योगदान रहेको चर्चा गरे ।
पार्टी कार्यकर्ताहरुलाई दुबै बिचारका पक्षमा बहस गर्न भने छुट रहेको उनको भनाई छ ।