पाँचथरको कुम्मायक गाउँपालिका ४, रानीगाँउ तिङदेनमा आगलागी भएको छ । तिलविक्रम साम्बाहाम्फेको किराना पसल रहेको घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीले घर र पसलका सबै सामान जलेका छन् । प्रहरीको प्रारम्भिक अनुमानअनुसार आगलागीबाट झन्डै ३० लाख रुपैयाँबराबरको क्षति भएको छ । बिहान ६ बजे लागेको आगो २ घण्टापछि स्थानीय बासिन्दा र प्रहरीले नियन्त्रणमा लिएका हुन् ।