महोत्तरीको औरहीमा सोमबार बिहान गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
सम्सी-गौशाला खण्डअन्तर्गत औरही ४, बैरियामा गाडीले ठक्कर दिँदा स्थानीय ७६ वर्षीय गनौर रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रायकलाई ठक्कर दिने गाडीको पहिचान भने खुलेको छैन । प्रहरीका अनुसार टाउकोमा चोट लागेकाले रायको घटनास्थलमै मृत्यु भएको थियो ।