रामेछाप जिल्लामा पनि खाद्य प्रबिधि तथा गुणस्तको मापन हुने भएको छ ।
आइतबार खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले मन्थलीमा आयोजना गरेको कार्यालयको कामकाज सम्बन्धि अभिमुखीकरण्म कार्यक्रमका अबसरमा उक्त कुराको जानकारी गराइएको हो ।
सो अबसरमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका कार्यालय प्रमुख प्रेम अर्यालले सिन्धुली र रामेछाप कार्यक्षेत्र भएर चालु आर्थिक बर्षमा मात्र स्थापना भएको यस कार्यालय मार्फत आगामी आर्थिक बर्षमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण सँग सम्बधित बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताए ।
उनले जिल्लामा जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा बजार अनुगमन गर्ने, जिल्लामा वा जिल्ला बाहिर उत्पादन भएका बस्तुहरु को गुणस्तर मापनका लागि आबश्यक बिधि र प्रकृया अपनाउने, जिल्लामा रहेका होटलहरुको स्तरीकरण गर्ने र म्याद गुज्रेका सामाग्रीहरु बिक्रि बितरणका लागि नराख्न सबै ब्यवसायिहरु लाई सचेतना अभियान सञ्चालन गर्ने लगाएतका कार्यक्रमहरु गरिने बताए ।
सो अबसरमा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले जिल्ला प्रशासनकार्यालयले पटक पटक बजार अनुगमन गर्ने गरेको बजार अनुगमनका क्रममा फेला परेका म्याद गुज्रेका समाग्रीहरु जफत गरी ल्याइएको समानहरु नष्ट गर्ने र ब्यवसायिहरुलाई सचेत गराउने गरिएको भएपनि गुणस्तर मापन को बिधि र प्रकृया आफूसँग नहुदा समस्या भैरहेको बताए ।
कर्यक्रमका अबसरमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेलले जिल्लामा उत्पादन हुने मिनिरल वाटर, बेकरीका सामाग्री जुनारको जुस लगाएतका बस्तुहरुको तत्काल गुणस्तर मापन गर्न पठाइनुपर्ने बताए । उनले बजार म्याद गुज्रेका समानहरु बिक्री बितरण गर्ने जो सुकै ब्यपारीलाई पनि कारबाही नहुन्जेल बजार अनुगमन प्रभावकारी नभएकोले अब यस कार्यालय मार्फत हुने कार्यक्रमहरु त्यस्तो नहुने अपेक्षा रहेको बताए ।
सो अबसरमा रामेछाप उद्योग बाणिज्य संघ का अध्यक्ष श्याम थापाले ब्यवसायिहरुले समेत उपभोग्य म्यादको बारेमा नबुझ्ने खालका समानहरु पनि बिक्रि बितरण गर्नुपर्ने अबस्था रहेकोले उत्पादन हुने ठाँउ बाटनै यस प्रकारको समस्या समाधानका लागि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यलयले पहल गर्नुपर्ने बताए ।