रुपन्देहीको सैनामैनामा दुर्घटनामा परि मृत्यु भएका दुई युवाको सनाखत भएको छ । मोटरसाईकलमा सवार उनीहरुलाई बसले ठक्कर दिएपछि मोटरसाईकलमा आगो लागेको थियो ।
आगोका कारण उनीहरुको अनुहार नै जलेपछि पहिचानमा समय लागेको हो । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुर्घटनामा मृत्यु भएका दुवैजना दाङको लमहीका हुन्। दाङ लमही ३ का काशी चौधरी र मानबहादुर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भीमलाल भट्टराईले बताए ।
उनका अनुसार दुवैजनाको उमेर २५ देखि ३० वर्ष बीचको रहेको छ । दाङ लमहीका मजदुरहरु राति बुटवलवाट काममा जान लागेका बेला दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । उनीहरुका अभिभावकलाई खबर गरिएको र शव पोष्टमार्टमका लागि बुटवलको प्रादेशिक अस्पतालमा राखिएको छ ।