थली–साँखु खण्ड कालोपत्र नगरेको विरोधमा स्थानीय बासिन्दाले पुन: सडकमा अवरोध पुर्याएका छन् । संघर्ष समितिसँग कागेश्वरी मनोहरा नगरपालिकाले सडक स्तरोन्नति गर्ने सहमति गरे पनि कार्यान्वयन नभएको भन्दै आइतबार सडक अवरुद्ध पारिएको हो ।
यसअघि गत जेठ २८ गते स्थानीय संघर्ष समिति र नगरपालिकाबीच तत्काल बाटोमा भएको हिलो सोहोर्ने, साताभित्रै ग्रेडिङ गरी आउजाउ सहज बनाउने र निर्माणका लागि सडक बोर्मा पहल गर्ने ३ बुँदे सहमति भएको थियो । सहमतिअनुसार अहिलेसम्म काम नभएको भन्दै सडक अवरुद्ध गरिएको हो ।
पानी परेपछि हिलाम्मे सडकमा हिँड्न समस्या हुने गरेको छ । निर्माण थालेको ४ वर्ष बित्दा पनि सडक नबनेपछि थलीका बासिन्दा आक्रोशित छन् ।