पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। यो सडकखण्डको जलविरेमा बिहान ७ बजेतिर पहिरो गएकाले गाडी चल्न नसकेको प्रहरीले जनाएको छ।
गाडी नचलेपछिे यात्रु बाटोमै रोकिएका छन्। अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। वर्षा याममा पटक–पटक पहिरो जाँदा यो सडक खण्डमा यात्रुलाई सास्ती हुने गरेको छ।