बिहानदेखि परेको लगातारको वर्षासँगै आएको बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध भएको छ ।माडी नगरपालिका वडा नं ३ र ४ को सीमानामा पर्ने मगई खोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो ।
सो खोलामा अहिले पक्की पुल निर्माण भइरहेको छ । बाढीले पुल निर्माणमा प्रयोग गरिएका तीनवटा जेनेरेटरसमेत पुरेको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पानी पर्न नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव नरहेको उनले बताए ।