नेपाल सन्थाल आदिवासी उत्थान संघका अध्यक्षले मनोमानी संस्था चलाएको भन्दै सन्थाल संस्थागत सुशासन अभियान प्रचारप्रसार समितिले विरोध गरेको छ । समितिले आज विराटनगरमा पत्रकार सम्मेलनगरी अध्यक्षको कार्यको विरोध गरेको हो ।
सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय अध्यक्ष लुखिराम हास्दाले ६ वर्षदेखि साधारणसभा नगरी अवैधानिक तवरले संस्था नविकरण नगरी आफुखुसी योजना पारित गर्ने गरेको प्रचारप्रसार समितिले आरोप लगाएको छ ।
संघका पुर्व महासचिव लखन हास्दाले अध्यक्षले जिम्मेवारी सम्हालेपछि समुदायको हितमा कुनैपनि काम नगरी उल्टै संस्थालाई डुवाउन खोजेको बताए। उनले नियमित रुपमा साधारणसभा तथा संस्थाको अधिवेशन हुनुपर्ने माग गरे।
संघका मोरङ सचिव श्यामलाल वास्किले वैधानिक ढंगले साधारणसभा र अधिवेशन हुनुपर्ने बताए। अर्का सदस्य सोनेलाल किस्कुले अध्यक्षले एकलौटी रुपमा सवै पदको काम गर्दै आएको आरोप लगाए।
संस्थाले प्रत्येक जिल्ला प्रसासन कार्यालमा संस्था नविकरणका लागि साधारणसभा गर्नुपर्ने प्रावधान रहे पनि अध्यक्षले आफनो समितिका पदाधिकारी र सदस्यलाई समेत थाहा नदिई कागजी रुपमा साधारणसभा गर्ने गरेको उनीहरुको आरोप छ ।