धादिङको गल्छी गाउँपालिका ६, बाँझगाउँमा बा.१८च ९४०८ नम्बरको जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा गल्छी गाउँपालिका ४ का ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेते मिजार, वडा ६ की ३० वर्षीया कान्छी भुजेल र २५ वर्षीया नानु तामाङ छन् । २१ वर्षीया समीक्षा अधिकारीको उपचारका क्रममा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय प्रमुख (प्रहरी उपरीक्षक) राजकुमार बैदवारका अनुसार गल्छी गाउँपालिका ५, सिरुवारीबाट बैरेनीतर्फ आउँदै गरेको जिप दुर्घटनामा १० जना घाइते भएका छन् ।
घाइतेहरुलाई बैरेनी स्वास्थ्य चौकीमा समान्य उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ । कच्ची सडकमा यात्रु र जिपको गति धेरै हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।