नेपाल एकिकरणको जिबित ईतिहाँस बोकेको नुवाकोटको साततले दरबारको पुनःनिर्माण सुरु भएको छ ।
बिनासकारी भूकम्पले क्षतबिक्षत बनाएको दरबारको चिनियाँ टोलीले पुनःनिर्माण सुरु गरेको हो । १८०१ सालमा पृथ्वीनारायण शाहले दोस्रो पटकको आक्रमणमा नुवाकोटमाथि विजय प्राप्त गरेपछि १८१९ सालमा ललितपुरबाट कालिगड झिकाई साततले दरबार बनाएका थिए । भूकम्पले क्षतबिक्षत बनाएको दरबार हाल सम्म फलामे पोलको टेको लगाएर अड्डाईएको थियो ।
पुरातत्व बिभाग अन्तर्गत चिन सरकारले दरबारको पुनःनिर्माण सुरु गरेको हो । सरकारले २०६८ बैशाख १३ गते नुवाकोट दरबारलाई संग्रहालयको नाम दिएको थियो । संग्राहलायको रुपमा स्थापित भएको एतिहाँसिक दरबार ४ बर्ष पछी भुकम्पका कारण बन्द भएको थियो । जुन हाल सम्म पनी बन्द रहेको छ । दरबार अबलोकन गर्न आउने दैनिक सयोँ आन्तरिक पर्यटकहरु टेकोले अड्याईएको बाहिरि आबरण हेरेर फर्कने गरेका छन् ।
पुरातत्व बिभागका अनुसार एतिहाँसिक दरबारको पुनःनिर्माणको लागी २ बर्ष अगाडी नै चिन सरकारसँग सम्झौता भएको थियो । सात पटक सम्म चिनियाँ तथा पुरातत्व विभागका प्राबिधिकहरुको स्थलगत अबलोकन/अध्यन पछी चीन सरकारले दरबार पुनःनिर्माण सुरु गरेका हुन् ।
चीनसंग पुनःनिर्माणको सम्झौता भएको २ बर्ष पछी सुरु भएको पुनःनिर्माण अबको ४ बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखेको पुरातत्व बिभागले जनाएको छ । पुरातत्व बिभागका अनुसार दरबार र आसपासमा रहेका सबै सम्पदाको पुनःनिर्माण गर्न लाग्ने रकम चीन सरकारले बेहोर्ने जनाएको छ ।