रुपन्देहीको सैनामैना नगरपालिका–१ की कुन्तादेवी घिमिरेको घर आफ्नै माईला छोरा माधव घिमिरेले जलाइदिएका छन् । घर घरयासी रिसइवीका कारण माधवले आमा र दाजु भाउजु बस्ने टिनले छाएको माटाेको एक तल्ले घर बिहीवार दिउँसो जलाइएको ईलका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।
घिमिरेको घर जलेर नष्ट हुंदा करिव २० लाख बराबरको क्षति भएको दावी परिवारले गरेका छन् । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगो नियन्त्रणका लागि बुटवलवाट दमकलले पुगेको थियो । स्थानीय सैनामैना नगरपालिकामा दमकल नभएपछि वाहिरवाट आउदासम्म बढि क्षती भएको स्थानियले बताएका छन् ।
आमाको घरमा आगो लगाउने माधवलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाइएको छ ।