सडक दुर्घटना न्यू्निकरण गर्न मोरङको धनपालथान गाउँपालिकामा आजदेखी सडक सुशासन अभियान शुरु गरिएको छ । हुलाकी राजमार्ग अन्र्तगत कर्सिया वजारक्षेत्रमा सडक दुर्घटना वढेपछि धनपालथान गाउपालिकाले यो अभियान शुरु गरेको हो ।
नेपाल प्रहरी , राजनीतिकदल, नागरिक समाज, उधोगी व्यवसायी तथा विभिन्न संघसंस्थाको सहयोगमा गाउपालिकाले अभियान शुरु गरेको हो । पहिलो चरणमा कर्सिया बजारको दायावाया रहेका टहरा तथा फुटपाथ पसल तथा सडकमा राखिएको निमार्ण समाग्री हटाउन शुरु गरेको छ ।
यसैगरी सवारी साधन व्यवस्थितगर्न तथा वाटो काटदा कसरी काटने विषयमा सचेतना फैलाउदै कर्सियामा लाग्ने गुद्रि हाटवजारलाईु व्यवस्थित बनाउन अभियान शुुरु गरेको सो गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले बताए।
पशुचौपाय जथाभावी नछाड्न, अत्याधिक गतिमा सवारी साधन नचलाउन तथा सडकको दायावाया निश्चित मापदण्ड भित्र निमार्ण समाग्री नराख्न भन्दै गाउँपालिकाले मायकिङ समेत गरेको छ ।
सवैको सहयोगले मात्र अभियान सफल हुने भएकाले अभियानमा जुट्न सवैलाई उनले आग्रह गरे । प्रदेस न १ का प्रदेस सांशद ज्ञानेश्वर राजवंशिले सडक दुर्घटना न्युनिकरणगर्न शुरु गरिएको अभियानालाई निरन्तरता दिनु आवश्यक रहेकोमा जोड दिए । सडक दुर्घटना न्युनिकरणगर्न इलाका प्रहरी कार्यालय तथा जिल्ला ट्रफिक कार्यालय मोरङ मोरङ तथा कर्सिया प्रहरीको समेत अभियानमा सहभागिता रहेको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कविन्द्र कार्कीले नेपाल प्रहरीले हुलाकी राजमार्ग अन्र्तगतपर्ने रंगेली र सुनवर्सी नगरपालिकामा पनि सडक सुरक्षा अभियान शुरु गरेको भन्दै राजमार्गमा लाग्ने हाट बजारलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । कर्सिया बजारमा अध्यक्ष हरिलाल सिंह , प्रदेस सांशद ज्ञानेश्वर राजवंशी , प्रहरी निरिक्षक कविन्द्र कार्की, वजार व्यवस्थापन समेतका अध्यक्ष तथा वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधिहरुले अनुगमन गरी फुटपाथमा रहेको पसल, निमार्ण समाग्री समेत हटाएका थिए ।