बझाङमा साेमबार जीप दुर्घटनामा परी मृत्यु भएका दश जनाको आज सामुहिक अन्त्येष्टी गरिएको छ। अन्त्यष्टि गर्नुअघि दश जनाको लामबद्ध शव यात्रा गरीएकाे गरिएकाे थियाे । शवयात्रामा सदरमुकामवासी, मृतकका आफन्त र शुभचिन्तकहरुको उल्लेख्य उपस्थिती रहेको थियो।
यसैबीच प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले यो घटनाले आफूलाई साह्रै दुःख लागेको बताउँदै ग्रामिण भेगमा रहेका केही जोखिमयुक्त सडकहरुलाई नसुधारे सम्म जीप सञ्चालनमा पूर्णरुपमा रोक लगाउने पनि जानकारी दिए।जीप दुर्घटनामा परि घाईते भएका पाँच जनाहरुको भने नेपालगञ्जमा उपचार भई रहेको छ।