नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा रौतहटका हावा हुरी पीडित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
नेविसंघ अमेरिकाको सौजन्यमा प्राप्त शैक्षिक सामाग्रीहरु रौतहटको चन्द्रपुरस्थित जनता निमाविमा अध्ययनरत विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको हो । अत्यन्त कमजोर आर्थिक स्थितिका विद्यार्थीहरुले निुशल्क शैक्षिक सामाग्री पाउने वातावरण सिर्जना गरिदिएर नेविसंघ अमेरिकाले उदाहरणीय कार्य गरेको कांग्रेस केन्द्रीय सदस्य पौडेलले बताए ।
नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका नेता पौडेलसँगै शैक्षिक सामाग्री वितरण कार्यमा नेविसंघका नेताहरु रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, राजेश रौनियार, रत्नहरि ढुंगेल, संगम श्रेष्ठ, नवराज देवकोटा लगायत खटिएका थिए। यसअघि नेता पौडेल नेतृत्वको टाेलीले बारा, पर्सा, रौतहट लगायतका हावाहुरी प्रभावित जिल्लामा पुगी राहत सामग्री वितरण गरेको थियो ।