प्रदेश नं १ को सरकारले आर्थिक वर्ष २०७६–०७७ का लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैया वरावरको वजेट सार्वजनिक गरेको छ । प्रदेश न १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र वहादुर आङवोले आजको प्रदेश सभामा सो वजेट प्रस्तुत गरेका हुन् ।
मन्त्री आङवोले आगामी वर्षका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न रु. ४२ अर्ब २० करोड ४लाख १२ हजार विनियोजन गरेको बताए।
कुल विनियोजन मध्ये चालुतर्फ रु. १८अर्ब ५४करोड ६४लाख ७६ हजारअर्थात ४३.९ प्रतिशत, पुँजीगत तर्फ रु. २३ अर्ब ५७ करोड ३९लाख ३४ हजार अर्थात५५.९ प्रतिशत र वित्तीय व्यवस्था तर्फ रु. ८ करोड अर्थात ०.२ प्रतिशत रहेको छ । अन्तर सरकारी हस्तान्तरणका लागि रु. ९९करोड ९९लाख ९८ हजार विनियोजन गरिएको छ ।
वजेटले कृषिको विकासलाई जोड दिदै सिक्षा, स्वास्थ्य, पर्यटन तथा विकास निमार्णलाई प्राथमिक्ता दिएको छ ।