दिनप्रतिदिन वढेको गर्मीले तराईका जिल्लाको जनजिवन उकुस-मुकुस भएको छ । चर्को गर्मीले प्रदेश ५ को तराई क्षेत्रको जनजीवन कष्टकर बनेको हो ।
रुपन्देहीसहित बँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा यतिबेला लु अर्थात तातो हावा चलिरहेको छ । गर्मीले टिक्नै नसक्ने भएपछि रुपन्ँदेहीका सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरिएका छन् । विरामीहरु गर्मिले विद्यालयमै ढल्न थालेपछि विद्यालय बन्द गरिएको हो । अचाक्ली गर्मिका कारण रुपन्देहीको तिलोत्तमा, सिदार्थनगर,सैनामैना लगायतका नगरपालिकाले विद्यालय ५ दिनका लागि बन्द गरेका छन् ।
नगर भित्रका बिद्यालयहरुबाट अत्यधिक गर्मी भई पढन पाढक गर्न समस्या भएकोले बन्द गर्ने व्यवस्था मिलाईदिन अनुरोध आएकाले ५ दिनका लागि सामुदायिक तथा सस्थागत बिद्यालय बन्द गर्ने निणर्य गरेको तिलोत्तमा नगरपालिकाले बिज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ ।
नगरपालिकाका शिक्षा प्रमुख गंगाराम आचार्यद्धारा हस्ताक्षरित बिज्ञप्तिमा यस पटकको बिदा बर्षे बिदाबाट कट्टी गर्न समेत अनुरोध गरीएको छ ।यस्तै पछिल्लो एक सातादेखि वढेको अत्याधिक गर्मीका कारण प्याब्सन सैनामैना अन्तर्गतका विद्यालय ५ दिन बन्द हुने भएका छन् ।
केहि दिनदेखि एकाएक गर्मी बढेपछि प्याब्सन सैनामैनाले यस अन्तर्गतका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । अत्याधिक गर्मीका कारण बालबालिकाहरु बढी प्रभावित भएकाले पठनपाठनमा समस्या देखिएकोले असार २ गते (सोमबार) देखि असार ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको प्याब्सन सैनामैनाका अध्यक्ष भोजराज पौडेलले जानकारी दिए ।
यस्तै सिद्धार्थनगर नगरपालिकाले सूचना निकालेर एक साताका लागि बन्द गर्न परिपत्र गरेको छ । कतिपय गाउपालिकाले पनि यस अघि नै विद्यालय बन्द गरिसकेको जनाएयका छन् । शिक्षा समन्य एकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले विद्यालय बन्दका लागि आग्रह आएकाले स्थानिय पालिकासंग समन्य गरेर विदा गर्न भनिएको बताए ।