पछिल्लो एक सातादेखि वढेको अत्याधिक गर्मीलेले रुपन्देही सहित तराईका जिल्लाको जनजिवन अस्तव्यस्त भएको छ । गर्मीका कारण सर्वसाधारणहरु दिउँसोको दिउसोको समयमा घर वाहिर निश्कन नसक्ने अवस्थामा पुगेका छन् ।
गर्मीका कारण वालवालिका तथा बृद्धबृद्धाहरु वढि प्रभावित भएका छन् । जलतथा मौसम विज्ञान विभाग हावापानी फिल्ड कार्यालय भैरहवका अनुशार शनिबार पछिल्लो पाच वर्ष यताकै सबैभन्दा उच्च तापक्रम मापन भएको छ । कार्यालय प्रमुख राजेश झाका अनुशार शनिबार अहिलेसम्मको उच्च तापक्रम ४३ दशमल ३ डिग्री सेल्सीयस तापक्रम रेकड भएको छ ।
उनका अनुशार यस अघि सन् २०१५ मा सोहि वरावरको तापक्रम रहेको थियो । उनका अनुशार गतवर्ष २०१८ मा ४० डिग्री सेल्सीयस तापक्रम रहेको थियो । त्यस्तै २०१७ मा ४१ दशमलव ९डिग्री सेल्सीयस तापक्रम रहेको थियो । त्यस्तै २०१६ मा भने ४३ दशमलव २ डिग्री सेल्सीयस तापक्रम रेडर्क भएको छ ।
अत्याधिक मात्रामा गर्मी बढेपछी खुला आकाशमा काम गर्ने मजदुरहरु निकै प्रताडित भएका छन् । वर्षेनी गर्मी बढ्न थालेपछि स्वीमिङ पुल र वाटर पार्कहरू निर्माण गर्ने क्रम पनि बढेको छ। मानिसले गर्मी छल्न विभिन्न विकल्प अपनाउने गरेका छन् ।
चुरे क्षेत्रमा वर्षेनी डढेलो लगाउँदा तापक्रम बढ्ने मात्र होइन खानेपानीका स्रोत पनि मासिएका छन्। त्यसको प्रभाव स्वरूप नजिकैको तराई क्षेत्रमा खानेपानीको अभाव हुने गरेको छ ।
यता गर्मीका कारण अस्पताल बिरामीको संख्यामा बृद्धि भएको छ । झाडापखाला, निमोनीया, डाईरीया, दमका बिरामीको संख्या बृद्धी भएको लुम्बिनी प्रदेशिक अस्पतालका मेडिकल सुपरीडेन्ट डा. कृष्ण खनालले बताए । उनका अनुसार गर्मि बढे संगै निमोनीया र डाईरीया बिरामीहरु मध्ये ६ महिना देखि ५ बर्ष मुनीका बालबालिकाहरु बढी मात्रामा प्रभाबित भएको र दैनिक रुपमा आउने गरेका छन् । गर्मीका कारण बुटवलसहित भैरहवा कपिलवस्तु परासी लगायतका स्थानका अस्पतालको अवस्था पनि उस्तै रहेको छ । पानी नपरेपछि किसानहरु आकाश हेरेर दिन विताउन वाध्य भएका छन् ।
भैरहवामा कुन वर्ष कति तापक्रम
वर्ष उच्च तापक्रम
२०१९ ४३.३ डिग्री सेल्सीयस
२०१८ ४० डिग्री सेल्सीयस
२०१७ ४१.९ डिग्री सेल्सीयस
२०१६ ४३.२ डिग्री सेल्सीयस
२०१५ ४३.३ डिग्री सेल्सीयस
२०१४ ४२.७ डिग्री सेल्सीयस