दाङमा सिमेन्ट उद्योगकाे नयाँ प्लान्ट निर्माणकाे क्रममा ढलान भत्कँदा तीन जना मजदुरकाे मृत्यु भएकाे छ।
लमही नगरपालिका वडा नम्बर ७ मा रहेकाे सम्राट सिमेन्ट उद्योगकाे नयाँ प्लान्ट निर्माणकाे क्रममा ६ तल्ला माथिकाे ढलान भत्किँदा भारतीय मजदुरकाे मृत्यु भएकाे हाे। घटना राति २ बजे भएको थियाे।
घटनामा तीन जना मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिए।
मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हेरेन र ४६ वर्षीय साहेव रहेका छन्।
घटनामा परि अजय हेरेन, दिपेन बाेडाेलइ, नरेन बाेडलइ घाइते भएका छन्। जसमध्ये अजय हेरेन र नरेन बाेडाेलाई थप उपचारको लागि बुटवल लगिएको छ। घाइतेहरुकाे फलाेरेन्स अस्पताल लमहीमा प्रारम्भिक उपचार गरिएको थियाे।