सशस्त्र प्रहरी बल प्रमुख सैलेन्द्र खनालले आफ्नो पू्ख्र्याली घर लाई धर्मसाला बनाउने प्रक्रिया अगाडी बढाएका छन्। गुल्मी जिल्लाको रुरु गाउँपालिका स्थित रिडी स्थित आफ्नो पुर्ख्याैली घरलाई स्व पिता डा टिकाराम खनालको स्मृतिमा धर्मसाला बनाउने गरि निर्माण समिति गठन भएको छ।
गृह जिल्ला पुग्नु भएका महानिरिक्षक खनालले एक कार्यक्रमको आयोजना गरेर आफ्नो घरलाई धर्मशाला बनाउन समिति गठन गर्नु भएको हो। धर्मशाला बनाउनको लागि शंकर भट्टराईको अध्यक्षमा १५ सदस्य निर्माण कमिटी गठन गरिएको छ।
खनालले गत वर्षको अशोजमा आफ्ना पिताको सम्झनामा घरलाई धर्मशाला निर्माण गर्न इन्जिनियर सहितको टोली लगेर अध्ययन गरिएको थियो। पुरानो संरचनामा बनेको २ तले घरलाई भत्काएर नयाँ डिजाइनमा धर्मशाला बनाउने खनालले बताए।
तिन जिल्लाको संगमन स्थल रहेको रुरु स्थित रिडीमा आफ्ना पिताको सोच पनि धर्मशाला बनाउने रहेकाले बुवाकै सम्झनामा घरलाई धर्मशाला बनाउने निर्णय गरेको महानिरिक्षक खनालको भनाई छ। नेपाल समाचार पत्रमा खबर छ।