सरकारले संसदमा दर्ता गराएको गुठी विधेयकविरुद्ध ललितपुरको पाटनमा आज साँझ मशाल जुलुस प्रदर्शन गरिएको छ।
विधेयकको विरोधमा गुठीयारहरुले पाटनमा गरेको दोस्रो दिनको आन्दोलनस्वरुप मशाल जुलश निकालेका हुन्। जुलुशमा सम्पदा मास्न पाइँदैनु,गुठी विधेयक खारेज गरुलगायतका नारा लेखिएका पम्प्लेट तथा ब्यानरसहित स्थानीयहरुले सहभागीता जनाएका थिए।
गुठीयारहरुले विधेयक फिर्ता नभएसम्म आन्दोलन नरोक्ने गुठीयारहरुले चेतावनी दिएका छन्। विना छलफल सरकारले संसद उक्त विधेयक दर्ता गराएकाे भन्दै त्यसै दिन देखि गुठीयारहरूले विराेध प्रदर्शन गर्दै अाएका छन् ।