रुपन्देहीको सैनामैनाबाट पेस्तोल सहित ३ जना पक्राउ परेका छन्।
प्रहरीले गएराति सैनामैना नगरपालिकाको बुद्धनगरबाट एउटा कटुवा पेस्तोल र एक राउण्ड गोली सहित ३ युवालाई पक्राउ गरेको हो।
सैनामैना नगरपालिका वडा नम्वर ६ का २० वर्षीय सुरज दर्जी,२२ बर्षिय अर्जुन मुसहर र मनिष परियारलाई वडा नम्वर ५ को बुद्धनगरबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय सालझण्डी राखिएको इप्रका सालझण्डीका प्रमुख प्रहरी निरीक्षक उमेशराज मैनालीले बताए। गोप्य सूचनाका आधारमा गाउमा खोजतलास गनैक्रममा प्रहरीले उनीहरुलाइ पक्राउ गरेको हो। पछिल्लो समयमा रुपन्देहीमा हत्या,चोरी र लुटपाटका संख्यामा बृद्धि हुदै गएको छ ।