रामेछापमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएकाे छ। दुर्घटनामा १३ जना घाइते भएका छन्।
काठमाण्डाैबाट रामेछापका लागि छुटेको बा २ ख ७२४२ नम्बरको अरनिको यातायात सेवा समितिको बस गय राति लखनपुरको गुरासेँ भन्ने ठाउँमा दुर्घटना भएको हो। दुर्घटनामा परेर मृत्यु हुनेमा दोरम्बा गाउँपालिका-६ का उद्धव गौतम र हरिबहादुर कार्की रहेका छन्।
दुर्घटनापछि उपचारको लागि काभ्रेको धुलिखेल लैजाने क्रममा उनीहरुको बीच बाटोमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। दुर्घटनामा घाइते भएका १३ जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ।
गाडी सडकबाट झण्डै ५० मिटर तल खसेको छ।