बारामा बिद्यालय बचाउ अभियानको नाममा विभिन्न सरकारी तथा गैह्र सरकारी स्कुलहरुमा कार्यरत शिक्षिकाहरुसँग गैरकानुनी रुपमा रकम उठाउदै हिड्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला सर्लाही हरिपुर नगरपालिका–२ घर भएका ३२ बर्षीय बिरेन्द्र कुमार रहेको प्रहरीले जनाएको छ ।
सेभ द स्कुलका नाममा शैक्षिक सामाग्रीहरु किनबेच गर्ने, तालिम संचालन गर्ने र वृज कोर्स गराउने जस्ता योजना सुनाई रकम उठाउदै गरेका कुमारलाई एक विद्यालयबाटै ईलाका प्रहरी कार्यालय कोल्हवी, बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
कुमरको साथवाट रकम उठाउनको लागि प्रयोग गरिने सेभ द स्कुल लेखिएका रसिदको ठेली १ थान र “ बिद्यालय बचाउ अभियान“ लेखिएको ठेली २ थान बरामद भएको छ । पक्राउ परेका कुमारलाई ठगि मुद्दा शिर्षकमा अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।