टिप्परको ठक्करबाट सुर्खेतका पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ।
रुकुमबाट सुर्खेतको छिञ्चुतर्फ आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले आज दिउँसो भरीगङ्गा नगरपालिका ८ लोदेमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हाे।
लेकवेशी नगरपालिका– ७ कल्याणका गेलाङ वीरेन्द्रनगरबाट प्रकाशित सुर्खेत पहिचान दैनिकका प्रकाशक-सम्पादक थिए। नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सहसचिवसमेत रहेका गेलाङको शव मेहेल्कुना अस्पतालमा राखिएको छ।
मोटरसाइकलमा सवार उनलाई ठक्कर दिएलगत्तै फरार भएका टिपर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।