नेपाल पत्रकार महासंघकाे प्रदेश १ कमिटीले इटहरीका मेयर द्वारिकलाल चौधरी र पत्रकार विराट अनुपम गौतमबीच वाक युद्ध चर्किनुमा पत्रकारको गल्ती औंल्याएको छ ।त्यसो त महांघको मिसनले मेयर चौधरीको समेत कमजोरी औंल्याएको छ ।
मोहनकाजी न्यौपानेको संयोजकत्वमा गठन गरिएको छानविन टोलीले आज(मंगलबार) बुझाएको प्रतिवेदनमा गल्ती औंल्याइएकाे छ ।पत्रकार गौतमले फोन गरेर मेयरलाई उत्तेजित गराएको महासंघको रिपोर्टमा उल्लेख छ ।साथै उनकाे फेसबुक स्टाटसमा व्यक्त अभिव्यक्ति विभिन्न व्यक्तिको मानमर्दन हुने किसिमको भएको समेत ठहर गरिएकाे छ ।
मिसन टोलीले इटहरी उपमहानगरपाकिलाका मेयर चौधरीबाट पनि कमजोरी भएको उल्लेख गरिएको छ ।उनको अभिव्यक्तिले पत्रकार र सिंगो प्रेस जगतको भावनामा ठेस पुगेको प्रतिवेदनको निष्कर्षमा भनिएको छ ।उनले गलत अभिव्यक्तिको सजाय भोग्न सार्वजनिक स्थलमा गएर कान समातेर उठबस गर्न पनि तयार रहेको बताएका छन् । साे घटनाहरुको अध्ययन गरी रिपोर्ट पेश गर्न पत्रकार महासंघ प्रदेश १ कमिटीले जेठ २३ गते न्यौपानेको संयोजकत्वमा एउटा मिसन टोली गठन गरेको थियो ।