नेपाली कांग्रेस केन्द्रीय सदस्य अर्जुन जोशीले ओली सरकार २ तिहाइको बलमा संविधान र कानुनभन्दा माथि उठेको बताएका छन् ।नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा १ दलीय अधिनायकवादतर्फ उन्मुख हुन सरकारले प्रेसलाई अंकुश लगाउन खोजेको आरोप उनले लगाए ।
राष्ट्रिय जागरण अभियानका प्रतिनिधिसमेत रहेका जोशीले सरकार भ्रष्टाचारमा लिप्त रहेका कारण जनताका आकांक्षा पूरा नहुने दाबी गरे । सरकारले भ्रष्टाचारलाई संस्थागत गर्न खोजेको आरोप लगाउँदैउनले कांग्रेस नेतालाई दोषी देखाएर भ्रष्टाचारी संरक्षण गरेको जिकिर गरे ।
उनलेभ्रष्टाचार मुछिए कांग्रेसकै नेताको पनि सती जान नसकिने भन्दै वाइडबडी,एनसेललगायतमा भएको भ्रष्टचारको छानबिन गरी दोषीलाई कारबाही गर्न चुनौती दिए । वैशाख २५ गतेबाट सुरु भएकोे जागरण अभियानले कार्यकतामा थप हौसला बढेका उनको भनाइ थियो ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जागरण अभियानलेपार्टी संगठनलाई सदृढ गर्नमहत्वपूर्ण भूमिका खेलेको बताए । अभियानका क्रममा कास्कीका ७२ इकाइमा ४ सय प्रतिनिधिले पार्टीलाई मजबुत बनाउनसुझावसंकलन गरेको बताउँदै नेता केसीलेसंकलित सुझाव केन्द्रमा पठाउने बताए ।