रुपन्देहीको देवदहमा एक युवकको हत्या भएको छ। देवदह नगरपालिका–८, विशालनगरका २८ वर्षीय सुमन थापाको गएराति हत्या भएको हो।
कुटपिटबाट गम्भीर घाइते थापाको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए।
थापालाई आप्mनै साथीभाइले कुटपिट गरेको आशंका गरिएको छ। प्रहरी नायव उपरीक्षक मल्लका अनुसार बेहोस अवस्थामा फेला परेका थापाको निधार र छातीमा निलडाम भेटिएको थियो।
प्रहरीले थापाको हत्यामा संलग्न भएको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले रुपन्देही देवदह–८ बस्ने २० वर्षीय रमेश थारु, २४ वर्षीय लक्षण थारु, १९ वर्षीय सुवास क्षेत्री, २३ वर्षीय हिराबहादुर महतो, २४ वर्षीय रेखबहादुर महतोलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बुटवलमा ल्याइसकिएको छ।
देवदह क्षेत्रमा केही महिना अघिमात्र तरुण दलका कार्यकर्ता अनिस पुरीको कुटपिट गरी हत्या भएको थियो। त्यस्तै यसअघि देवदहमै युवासंघ, रुपन्देही अध्यक्ष दुर्गा तिवारी, युवा संघका कार्यकर्ता बलु पौडेलको डन मनोज पुनको संलग्नतामा हत्या भएको थियो। पुन र उनका एकजना साथीको भने ईन्काउन्टरमा यस अघि मृत्यु भएको थियो।