बर्दियाको सीमावर्ती क्षेत्रमा भएको ट्र्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा १४ सर्वसाधारण घाइते भएका छन् ।
भारतको बहराइच जिल्ला लक्कडबाबामा मेला हेरेर फर्किने क्रममा भे.१त ५७५२ नम्बरको ट्र्याक्टर भएको हो । दुर्घटनामा मृत्यु हुनेमा गुलरिया ८ का ९ वर्षीय समुन लोधको छन् ।
उनको नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा शनिबार मृत्यु भएको हो । दुर्घटना गुलरिया ९, डिब्बा गाउँमा भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये गुलरिया ८ कै १५ वर्षीया नीलम लोध र ९ वर्षीया सुमनकुमारी लोधको अवस्था चिन्ताजनक छ । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि दुवैलाई नेपालगन्ज रिफर गरिएको छ ।