पाँचथर सदरमुकाम फिदिम बजारमा आज दिउँसो होटलबाट सुरु भएको आगो नियन्त्रणमा लयाइएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको हो।
फिदिम बजारको पाथिभरा मिष्ठान्न भण्डारबाट शुरु भएको आगलागीबाट सीता होटल र पाँचथर गेष्ठहाउस समेत जलेर नष्ट भएका छन्।
यसैगरी पाँचथर गेष्ठहाउससँगैको एउटा कपडा पसल पनि आगलागीबाट पूर्ण क्षति पुगेको छ।