कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको शुक्रबार १० महिना पुगेको छ।
तर, अहिलेसम्म हत्यामा संलग्नको पहिचान हुन सकेको छैन। चार सयभन्दा धेरै व्यक्तिमाथि अनुसन्धान गर्दा पनि प्रहरीले कुनै संकेत फेला पार्न सकेको छैन। १० महिनादेखि प्रहरी छिट्टै अभियुक्त पत्ता लगाउने भनेर एउटे जवाफ दिन बाध्य छ। अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु आफैँ रनभुल्लमा छन्।