सहरी विकास मन्त्रालयले राष्ट्रिय सहिद तथा शान्ति पार्कका अध्यक्ष सुदर्शन सिग्देललाई हटाएको छ । पार्क निर्माणमा भएको ढिलाइ बारे छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनको आधारमा मन्त्रालयले सिग्देलर्ला हटाएको स्रोतले बताएको ।
निर्माणमा सन्तोषजनक काम नभएपछि मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभागका कामु आयोजना निर्देशक चक्रवर्ती कण्ठको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।समितिले बुझाएको सो प्रतिवेदनमा हालसम्म कुनै पनि काम सम्पन्न नभई अपुरो र अलपत्र छाडेको उल्लेख गरिएको छ ।निर्माण भएका भौतिक संरचनासमेत भत्कने अवस्थामा पुगेका छन् ।
सरकारले पार्क निर्माणका लागि ४६ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । त्यसमध्ये २५ प्रतिशत रकम ठेकेदारले भुक्तानी लिइसकेका छन् । ६ सय ५० रोपनी जग्गामा पार्कका विभिन्न संरचनाको निर्माण सुरु गरिएको थियो ।