बैतडीकाे पुर्चाैडी नगरपालिका ५ कुवाकाेटका करे लुहारकाे टहरोमा आगलागी हुँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ। ५० वर्षीय करे लुहारसहित ४५ वर्षीया श्रीमती बिन्द्रा र ८ वर्षीय छोरा मजोजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय वैतडीले जनाएको छ।
गएराति करिब साढे १० बजे पुर्चौडी नगरपालिका–७, गिरीजाबगर बसपार्क छेउमा टहरो बनाएर बस्दै आएका उनीहरुको टहरोमा आगलागी हुँदा तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नेत्रमणी गिरीले बताए।
आगलागीको जानकारी पाएपछि स्थानीय र पुरघाट प्रहरीचौकीबाट प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको हो। मृत्यु भएका तीन जनाको शव पोष्टमार्टमको लागि प्राथमिक उपचार केन्द्र पाटन ल्याउँदै छ भने घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ।