धनुषाको बिहारकुण्डमा प्रहरी र भारतीय लुटेराबीच दोहोरो भिडन्त भएको छ।
धबार राति प्रहरीले समात्ने क्रममा सातजना भारतीय लुटेराले प्रहरीमाथि गोली प्रहार गरेका थिए। त्यसपछि प्रहरीले पनि गोली चलाउँदा एकजना लुटेरा घाइते भएका छन्। प्रहरीका अनुसार घाइते लुटेराको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले सातैजना लुटेरालाई पक्राउ गरेको छ। लुटेराका साथमा रहेको पेस्तोल २ थान, खुकुरी र केही धारिलो हतियार प्रहरीले बरामद गरेको छ।
प्रहरी प्रधन कार्यालयबाट खटिएको प्रहरीको बिशेष टोली, प्रदेश नंबर २ को प्रहरी र जिल्ला कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले भारतीय लुटेरालाई पक्राउ गरेको हो ।