रक्त क्यान्सरबाट पीडित नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. चन्द्र नारायण यादवको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले सहयोग गरिदिन नेपाल चिकित्सक संघले आह्वान गरेको छ।
संघका महासचिव डा. लोचन कार्कीले रक्तक्यान्सर लागेका चिकित्सक यादवको हाल सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको र आर्थिक अवस्था कमजोर भएकाले सरकारले नै उपचार व्यवस्था मिलादिन आग्रह गरे।
महासचिव डा. कार्कीले डा. यादवका पिता भर्खर निधन भएको र हाल एमविविएसको अध्ययन सकेर चिकित्साशास्त्र अध्ययन सस्थान (आइओएम)मा एमडिमा नाम निकालेर अध्ययन गरेको पहिलो वर्षमै रक्तक्यान्सर लागेको बताए।