फेसबुकमार्फत साथी बनाएका जनकपुरका युवकले एक किशोरीलाई बन्धक बनाएर ६ दिनसम्म बलात्कार गरेको खुलेको छ।
करिब दुइ महिना पहिले साथी बनाएका जनकपुरधाम–२ शिवचोकका २५ वर्षीय उत्सव गुप्ताले ललितपुर सातदोबाटोकी १५ वर्षीया किशोरीलाई बन्धक बनाएर ६ दिनसम्म बलात्कार गरेको खुलेको हो।
साथी बनेको केही दिनमै किशोरीलाई भेट्न बोलाई उत्सवले अपहरण गरी ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको प्रहरीले जनाएको छ। किशोरी बेपत्ता भएलगत्तै आफन्तले जानकारी गराएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो। प्रहरीले खोजी सुरु गरेको थाहा पाएपछि किशोरीलाई छोडेर उत्सव फरार भएका थिए।
खोजतलासकै क्रममा उनलाई इमाडोलबाट पक्राउ गरिएको हो। कक्षा ८ मा अध्ययनरत ती किशोरीले आफूलाई बन्धक बनाएर जबरजस्तीकरणी गरेको बयान प्रहरीसमक्ष दिएका छन्। पक्राउ परेका उत्सवविरुद्ध जबरजस्तीकरणी र बन्धकसम्बन्धी मुद्दा दर्ता गराएर अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।