पुर्वपश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको सालझण्डी जंगलमा एक पुरुषको शव भेटिएको छ।
जिल्लाको सैनामैना नगरपालिका १० सालझण्डी सामुदायिक वनमा आज दिउँसो पुरुषको शब फेला परेको हो। अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने पुरुषको शब स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान भएको छैन।
जंगल गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त गर्न साथ प्रहरी घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिल वहादुर मल्लले बताए।
शवको प्रकृती हेर्दा हत्या गरेर फालेको जस्तो देखिएको प्रहरीको भनाई छ। शव रक्ताम्य अवस्थामा छ। कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका स्थानीयले गरेका छन्। शव भेटिएको स्थान बुटवलवाट झण्डै १८ किलोमिटर पश्चिममा पर्दछ।