अपहरणको नाटक गरी आफनै बाबुसंग २ लाख रुपैया फिरौति माग गर्ने रुपन्देहीको सिद्धार्थनगरपालिकाका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
एक महिना अघि गत बैशाख ५ गते घरबाट निस्कीएर सम्पर्क बिहीन रहेका सिद्धार्थनगर नगरपालिका वार्ड नं.८ बस्ने जोखन मुसलमानले आफ्नो छोरा बर्ष २२ को मोहमद कमालुद्दिन मुसलमान अपहरणमपरेको भन्दै रुश्रपन्देही प्रहरीमा उजुरी दिएका थिए । उजुरीकै आधारमा खोजतलास गर्दा अपहरणको नाटक गर्ने मोहमदलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।
मोहमदले आफुले प्रयोग गर्ने मोवाइल नम्वरबाट बाबुलाई फोन तथा एसएमएस गरी आफु अज्ञात स्थलमा अपहरणमा परेको र फिरौतीका लागि २ लाख रुपैया मागेको बताउने गरेका थिए । वावु २ लाखका लागि तयार नभएपछि उनले तत्काल ५० हजार रकम दण्डपाणी बरालको नाममा आई.एम.ई.गरी पठाउन भनेका थिए । त्यसो गरेमा आफु भने अपहरणमुक्त हुने बताएका थिए ।
आफनै मोवाइलबाट फोन र एसएमएस पटक पटक गरेपछी बाबुले प्रहरीलाई जानकारी गराई बरालको नाममा ५० हजार रुपैया पठाएका थिए । बाबुले पठाएको रकम लिन छोरा आफै पोखराको पृथ्बीचोकमा रहेको आइ.एम.ई.मा पुगेपछी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पोखराबाट पक्राउ गरी रुपन्देही ल्याइएका मोहमद बिरुद्ध प्रहरीले सार्बजनिक नैतिक बिरुद्धको अभद्र व्यवहारमा आईतबार मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रम्ख हृदयन्द्र थापाले बताए । मोहमदका बावु भैरहवामा मिस्त्री काम गर्दै आएका छन् ।